नेपालमा उत्पादित गाडीको दर्ता प्रक्रिया सुरु

सहयात्रा टिभी

काठमाडौं । बैशाख १४, नेपालमा उत्पादित गाडीको दर्ता प्रक्रिया सुरु भएको छ । नेपालमा उत्पादित गाडीको दर्ता गर्न आइपरेका विभिन्न कानुनी जटिलता समाधान गर्न सरकारले निर्देशिका संशोधनको काम पनि अघि बढाइ सकेको जनाएको छ ।

सकभर आजै निर्देशिका संशोधनको मस्यौदा तयार हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयले निर्देशिका संशोधनको मस्यौदा तयार गरेर मन्त्रिपरिषदमा पेस गर्नेछ ।

मन्त्रिपरिषद्ले निर्देशिका पारित गरेर राजपत्रमा प्रकाशित गरेपछि नेपालमा उत्पादन भएका गाडीले दर्ताको अनुमति पाउनेछन् ।
यस विषयमा मन्त्रालयले सरोकारवालासँग छलफल पनि गरिसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उत्पादन हुने वस्तु तथा सेवालाई सहजरूपमा उत्पादनको नीतिगत व्यवस्थाका साथै प्रोत्साहनमुखी वातावरण तयार गर्न मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिनुभएको थियो ।

 

प्रकाशित : 27 April, 2023

प्रतिक्रिया दिनुहोस्