केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १४, एसिसी प्रिमियर कपमा नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

 

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गर्‍यो।

जितसँगै नेपाल ४ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्न सफल भयो। समूहमा ६ अंक जोडेको ओमान उपविजेता बनेर अन्तिम चारमा पुग्यो।

अब नेपालले समूह बी को उपविजेतासँग आगामी शनिबार सेमिफाइनलमा खेल्नेछ।

समूह बी को खेलमा हङकङ र कुवेतबीच खेल जारी छ। सो खेलमा हङकङ विजयी भएमा नेपालले सेमिफाइनलमा युएईसँग खेल्नेछ। कुवेत विजयी भएमा भने कुवेतसँग खेल्ने सम्भावना छ।

 

प्रकाशित : 27 April, 2023

प्रतिक्रिया दिनुहोस्