नेप्से एकल अंकले घट्यो

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १४, साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से २.२७ अंकले घट्दा १८८९.७३ विन्दुमा बन्द भएको छ ।

बिहीबार नेप्सेमा २१ लाख ७४ हजार ९१४ कित्ता सेयर किनेबच हुँदा ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँको कारोबार भएको छ । बुधबार ८४ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएका कम्पनीमध्ये ६५ कम्पनीको सेयर मूल्य बढ्यो । कारोबारमा आएका मध्ये १३९ कम्पनीको सेयर मूल्य घट्यो । धेरै गुमाउनेमा एनबीएल ग्रोथ फन्ड, एनएमबी डिबेन्चर, युनिलिभर नेपाल लिमिटेड लगायतका कम्पनी छन् ।

 

 

प्रकाशित : 27 April, 2023

प्रतिक्रिया दिनुहोस्