नेतृत्व आलोपालो गर्न लिखित समझदारी गर्ने : माओवादी नेता चुमान

काठमाडौँ । बैशाख १४, गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेश सरकारमा नेतृत्व आलोपालो गर्ने लिखित समझदारी नै गर्ने बताएका छन् ।
बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त भएपछि चुमानले पत्रकारहरुसँग पहिलो पालोमा कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिएको बताए ।
माओवादीबाट सरकारमा कसको नेतृत्वमा जाने भन्ने विषयमा संसदीय दलले निर्णय गर्न बाँकी रहेको चुमानले बताए । तपाईं नै जाने हो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘दलले जा भन्यो भने जाने हो ।’