केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १४, एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ ।

 

हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेर कुवेतले नेपालसँगको सेमिफाइनलमा भेट पक्का गरेको हो ।

नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबार हुने छ । नेपाल आजै भएको खेलमा कतारलाई हराउँदै समूह एको विजेता बनेको थियो ।

अर्को सेमिफाइनलमा यूएई र ओमानले शनिबार नै खेल्ने छन् । कुवेतले हङकङलाई हराएपछि यूएई समूह बीको विजेता बनेको हो ।

 

प्रकाशित : 27 April, 2023

प्रतिक्रिया दिनुहोस्