केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर र टोटेनहम बराबरीमा रोकिए

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १५, इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहम हटस्पर बिचको खेल बराबरीमा टुंगिएको छ । बिहीबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड र टोटेनहमले २–२ गोलको बराबरीमा आफ्नो खेल टुंग्याएका हुन् ।

लन्डनस्थित टोटेनहम हटस्पर स्टेडियममा भएको खेलको ७औं मिनेटमा म्यानचेस्टरका जेडान सान्चोले सुरुवाती गोल हानेका थिए भने ४४औं मिनेटमा मार्कस रासफर्डले थप गोल गरे पछि म्यान्चेस्टरलाई पहिलो हाफमै २–० को सफलता मिल्न पुगेको थियो ।

तर, उसको सफलता लामो समय कायम रहन सकेन । दोस्रो हाफको ५६औं मिनेटमा पेड्रो पोरोले गोल गर्दै घरेलु टोली टोटेनहमलाई २–१ को स्थितिमा फर्काउन सफल भए भने ७९औं मिनेटमा कप्तान ह्यारी केनको पासमा ह्युङ मिन सनले गोल गर्दै खेललाई बराबरीमा ल्याइदिए । त्यसपछि कुनै टिमबाट गोल हुन नसक्दा अन्ततः खेल २–२ को बराबरीमा रोकिन पुग्यो ।

यस खेलसँगै युनाइटेड ३१ खेलबाट ६० अंक बटुलेर चौथो स्थानमा रहेको छ भने दुई खेल बढी खेलेको टोटेनहम ३३ खेलबाट ५४ अंक बटुल्दै पाँचौं स्थानमा छ ।

प्रकाशित : 28 April, 2023

प्रतिक्रिया दिनुहोस्