सरकारद्धारा नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोप अभियान सञ्चालन

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १५, नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि सरकारले खोप अभियान सञ्चालन गरेको जानकारी प्राप्त भएको छ ।

नियमित रुपमा लगाउनुपर्ने खोपहरु लगाउन छुटेका बालबालिकाका लागि आज १५ गते र आउँदो ३१ गते खोप अभियान सञ्चालन गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसअघि खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गइ खोप लगाउन पनि स्वास्थ्य मन्त्रालयले अभिभावकसँग आग्रह गरेको छ । घर छिमेकमा कसैले खोप लगाउन छुटेको भए खोप लगाउनको लागि समन्वय गरिदिन पनि मन्त्रालयको आग्रह छ ।

मन्त्रालयकाअनुसार जबसम्म सबै बालबालिकाले खोप लगाउँदैनन्, तबसम्म कोही पनि सुरक्षित हुँदैनन् । त्यसैले बृहत् खोज र खोप अभियान सञ्चालन गरेर सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

बालबालिकालाई बीसीजी, पोलियो, दादुरा–रुबेलालगायतका खोप दिने गरिएको छ । अभियान देशका ७७ वटै जिल्लामा चल्नेछ । ।

प्रकाशित : 28 April, 2023

प्रतिक्रिया दिनुहोस्