उच्च अदालतमा भर्चुअल विधिबाट बहस निकै प्रभावकारी बन्दै
सहयात्रा टिभी
काठमाडौँ । बैशाख १५, उच्च अदालत दिपायलले सञ्चालन गरेको श्रव्यदृष्य (भर्चुअल) विधिमार्फतको बहस निकै प्रभावकारी बन्दै गएको जनाएको छ ।
उच्च अदालतका इजलास अधिकृत बसन्त पाध्यायले दिएको जानकारी अनुसार २०७८ साल चैत्र ८ गते सुरु भएको भर्चुअल विधिबाट गत चैत्रसम्म तीन सय मुद्दामा बहस भएको छ ।
उनले २३ वटा मुद्दामा बकपत्र समेत भर्चुअल विधिबाटै गराइएको जानकारी दिए । भर्चुअल बहसका लागि ३५० जनाले निवेदन दिएका थिए ।
भर्चुअल विधिबाट बहस गर्दा मुद्दाका पक्षहरुलाई समय र स्रोतका हिसाबले कम खर्चिलो हुने गरेको उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला बताउँछन् ।
न्यायमा सहज पहुँच पुर्याउने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा उक्त प्रविधिबाट सुनुवाइ प्रारम्भ गरिएको उच्च अदालतले जनाएको छ ।