गोर्खा सैनिकको मागलाई नेपाल–बेलायत द्विपक्षीय बैठकमा सम्बोधन गर्ने सहमति

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १५, नेपाल–बेलायत परराष्ट्र सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम)को बैठकमा भूतपूर्व गोर्खा सैनिकको मुद्दा वार्ताबाट समाधान गर्ने र त्यसका लागि छलफल जारी राख्ने सहमति भएको छ ।

बिहीबार लन्डनमा बसेको बैठकमा बेलायतले नेपालको आर्थिक विकासमा निरन्तर सहयोग गर्ने र लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

लन्डनस्थिन नेपाली दूतावासका अनुसार बैठकमा दुवै पक्षले नेपाल–बेलायत सम्बन्धको समग्र अवस्थाको समीक्षा गरेका छन् । दुई देशबीच पारस्परिक हितका विभिन्न क्षेत्रमा संलग्नता बढाउने विषयमा छलफल भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

बैठकमा दुई शताब्दी पुरानो मित्रता र सहयोगबारे विचार आदानप्रदान भएको जनाइएको छ । दुई देशबीच विकास सहयोग र प्राथमिकता, व्यापार, लगानी र पर्यटन, शिक्षा र मानव संसाधन विकास, कन्सुलर र जनस्तरको द्विपक्षीय सम्बन्धका प्रमुख पक्षहरूमा भएको प्रगतिको समीक्षा पनि बैठकमा भएको थियो ।

 

प्रकाशित : 28 April, 2023

प्रतिक्रिया दिनुहोस्