रास्वपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना

काठमाडौँ । बैशाख १५, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् नवनिर्वाचित सांसद रवि लामिछानेले रास्वपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको जानकारी दिएका छन् ।
सभापति लामिछानेले शुक्रवार सांसदको शपथ ग्रहण गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताउएका छन् ।
आफूहरूलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताले मत दिएको उल्लेख गर्दै त्यो विषय सरकारले न्यूनतम साझा कार्यक्रमबाट हटाएकाले आफूहरूको आपत्ति रहेको बताउएका छन् ।
उनले सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भीर समीक्षा गरेरमात्रै अगाडि बढ्ने स्पष्ट एजेन्डा रहेको जनाएका छन् ।