कोरोना संक्रमण थप १०३ जनामा पुष्टि

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १५, पछिल्लो २४ घण्टामा कोरोना संक्रमण थप १०३ जनामा पुष्टि भएको जानकारी प्राप्त भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९२५ जनाको नमुनामध्‍ये ६२७ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार २९८ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०३ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७५ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २६ जना, आईसीयूमा ८ जना र १ जना भेन्टिलेटरमा उपरचाररत छन् ।

 

प्रकाशित : 28 April, 2023

प्रतिक्रिया दिनुहोस्