नवनिर्वाचित सांसद डा. वाग्लेले अर्थ समिति रोजे
सहयात्रा टिभी
काठमाडौँ । बैशाख १५, राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद डा। स्वर्णिम वाग्लेले अर्थ समिति रोजेको जानकारी प्राप्त भएको छ ।
सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहने सांसदहरुको नाम शुक्रबार संसदमा पढेर सुनाएका थिए ।
अर्थ समितिमा रहेका वाग्लेले शुक्रबार नै सांसदको पद तथा गोपनीयताको सपथ लिएका थिए ।
उक्त समितिमा कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की, विनोद चौधरी दिपक खड्का, अञ्जनी श्रेष्ठ, सन्तोष चालिसे लगायत छन् । एमालेबाट प्रमुख सचेतक पद्म गिरी अर्थ समितिमा छन् ।