केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल-कुवेतको सेमिफाइनल फेरी रोकियो

सहयात्रा टिभी

काठमाडौं । बैशाख १६, पानी परे पछि पुनः एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाका कारण रोकिन पुगेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल यसअघि पनि पानी परे पछि रोकिन पुगेको थियो, जसकाकारण खेललाई ४२ ओभरमा छोट्याइएको थियो ।

नेपालले दिएको २ सय ८२ रनको विशाल लक्ष्य पछ्याईएको कुवेतले ८ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको बखतमा पुनः रोकिन पुगेको हो । नेपालका करण केसीले ५ विकेट तथा सोमपाल कामीले एक विकेट लिईसकेका थिए । खेल सुुरु हुने वा नहुने अझै टुंगो छैन । खेल सुरु नभएको खण्डमा नेपाल स्वतः बिजयी हुनेछ । आआ

प्रकाशित : 29 April, 2023

प्रतिक्रिया दिनुहोस्