वीर अस्पतालकी नर्स अनुमा श्रेष्ठ मृत फेला

काठमाडौँ । बैशाख १७, वीर अस्पतालमा कार्यरत एक नर्स बालाजुमा मृत अवस्थामा फेलापरेकी छन् ।
भरतपुर महानगरपालिका-१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ बालाजुस्थित डा. सुजन ढकालको कोठामा मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । डा. ढकाल काठमाडौंकै एक निजी अस्पतालमा कार्यरत छन् ।
नर्स श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेको कोठामा ‘सुसाइड नोट’ पनि भेटिएको प्रहरीले जनाएको छ ।काठमाडौं प्रहरी परिसरको टोली घटनास्थल पुगेको र अन्य जानकारी अनुसन्धान पछि प्राप्त हुने छ ।
अनुमा वीर अस्पतालमा कार्यरत आठौं तहकी स्थायी नर्सिङ अधिकृत हुन् । वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले पनि अनुमा मृत भेटिएको पुष्टि गरे ।
अनुमा कोरोना महामारीमा खटिएको एक अब्बल कर्मचारी वीर अस्पतालमा कार्यरत रहेको जनाएका छन् ।
पछिल्लो केही समययता उनी मानसिक समस्यामा रहेको र औषधि सेवन तथा मनोसामाजिक परामर्शमा पनि थिइन् ।