डा.अर्याल र पाण्डेलाई संघीय संसदको सचिवमा सिफारिस

काठमाडौँ । बैशाख १७, संघीय संसदको सचिव पदमा डा.सुरेन्द्र अर्याल र पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ ।
सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्यबाहक राष्ट्रपति रामसहाय यादवलाई भेटेर सचिवको नाम बुझाएका हुन् ।
संसद सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाको सचिवमा पाण्डे र राष्ट्रिय सभाको सचिवमा अर्यालको नाम सिफारिस भएको छ । सचिवको कार्यकाल पाँच वर्षको हुनेछ ।