केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसीसी प्रिमियम कपको फाइनलमा नेपाल र युएई भिड्दै

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १८, एसीसी प्रिमियम कपको आज फाइनल खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट (युएई) बिहान ९ बजे भिड्दैछन् ।

शनिवार भएको खेलमा कुवेतलाई पराजित गर्दै नेपाल फाइनलमा आएको हो भने युएई ओमानलाई हराउँदै यहाँसम्म आइपुगेको हो ।

जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाई रहँदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रद्द भए पछि समूह विजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको हो भने डकवर्थ लुईस पद्धतिमा २ रनले ओमानलाई हराउँदै युएई नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।

आज हुने फाइनल खेलको विजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् । यदि, शनिवारको झैँ वर्षा भएमा आइसीसीको ओडिआई वरियतामा १४औं स्थानमा रहेको नेपाल र १९औं स्थानको रहेको युएई बिचको खेल मंगलबार हुनेछ ।

प्रकाशित : 1 May, 2023

प्रतिक्रिया दिनुहोस्