कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य

सुर्खेत । बैशाख १८, कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य भएको छ ।
आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको निर्णय गरि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो।
सोहीअनुसार प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेका हुन्।
पहिलो अधिवेशनमै मुख्यमन्त्री राजकुमार शर्माले तीन पटक विश्वासको मत लिएका थिए । पहिलो अधिवेशमा १५ वटा बैठक बसेका थिए ।