केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यूएईविरुद्ध नेपालले टस जितेर पहिला बलिङ रोज्यो

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १८, एसीसी प्रिमियर लिगको फाइनल खेलमा यूएईविरुद्ध नेपालले टस जितेर पहिला बलिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ रोजे पछि युएईले पहिले ब्याटिङ गर्दैछ ।

आजको खेलमा नेपालले टिममा एक परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राख्दै उनको स्थानमा गुलसन झालाई प्लेइङ ११ मा ल्याइएको छ ।

केहीदिनदेखि जारी वर्षाले आजको खेल पनि अवरुद्ध हुने सम्भावना छ । तर, आज पुरै खेल हुने अवस्था नदेखिए भोलि फाइनलका लागि रिजर्भ डे राखिएको छ ।

आजको खेलमा यूएईलाई पराजित गरे नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।

प्रकाशित : 1 May, 2023

प्रतिक्रिया दिनुहोस्