बारको आन्दोलन आज पनि जारी रहने

काठमाडौँ । बैशाख १८, नेपाल बार एसोसिएसनको आन्दोलन आज पनि जारी रहने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति तत्काल गर्न सरकारसँग माग गर्दै बारले आन्दोलन थालेको हो।
आइतबार साताव्यापी आन्दोलन शुरू गरेको बारले सरकारमाथि दबाब बढाउन विभिन्न चरणमा आन्दोलन गर्ने बताएको छ । सर्वोच्च अदालत १४ महिनायता कायममुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको छ ।