बेपत्ता आमा छोरा अझै फेला परेनन्

सहयात्रा टिभी

तनहुँ । बैशाख १८, बेपत्ता आमा छोरा अझै फेला परेका छैनन् । ब्याँस नगरपालिका–१० बिपी भञ्ज्याङ्गका २० वर्षीया राममाया विक र ४ बर्सियाको छोरा लप्सन विक अझै फेला नपरेका हुन् ।

राममायाको श्रीमान् लोकबहादुर विकले गत वैशाख ३ गते बिहानदेखि बेपत्ता भएको श्रीमती र छोरा खोजी गर्दा पनि फेला नपारेपछि खोजीका लागि प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

भारतमा रोजगारी गर्दै आएका श्रीमान् लोकबहादुर श्रीमती र छोरा बेपत्ता भएको खबर सुनेपछि घर फर्किएका थिए । आफन्तलगायत सबैतिर खोजी गर्दा पनि फेला पार्न नसकिएको उनले बताएका छन् ।

प्रकाशित : 1 May, 2023

प्रतिक्रिया दिनुहोस्