सुडानमा रहेका नेपालीको सुरक्षा र उद्धार गर्न सरकारको पहल

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १८, सरकारले सुडानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि निरन्तर पहल गरीरहेको जनाएको छ ।

सुडानमा अझै सुरक्षा अवस्था असहज रहेकाले त्यहाँ रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रही इजिप्टको कायरोमा रहेको नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीबाहेक अहिलेसम्म अरू ३० जना नेपाली कायरोको नेपाली राजदूतावाससँग सम्पर्कमा रहेका छन् ।

दूतावासको अनुरोधमा पोर्ट सुडानमा पुगेका १९ जना नेपाली साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा सहरमा सुरक्षितरूपमा पुगेका त्यहाँ रहेको नेपाली महावाणिज्यदूतावासले जानकारी गराएको छ । उनीहरूलाई नेपाल फर्काउने तयारी भइरहेको दूतावासले जनाएको छ ।

 

प्रकाशित : 1 May, 2023

प्रतिक्रिया दिनुहोस्