केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल र यूएईबीचको बाकी फाइनल खेल भोलि हुने

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १८, एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल आजका लागि स्थगित भई भोलि यहि अवस्थाबाट खेल सुरु हुने जनाएको छ।

टस हारेर ब्यटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल वर्षाका कारण रोकिएको थियो । बिहान ११ बजेर ४८ मिनेटमा रोकिएको खेल सोही अवस्थाबाट मंगलबार विहान ९ बजेदेखि सुरु हुने जनाएको छ ।

यो प्रतियोगितामा रिजर्भ डे राखिएको थियो । वर्षाले सोमबार (आज) खेल हुन नसक्ने भएपछि प्रतियोगिताको नियमअनुसार म्याच रेफ्री सारिका प्रसादले रिजर्भ डेका दिन बाँकी खेल खेलाउने निर्णय गरेका हुन् । टस हारेर पहिला ब्याटिङ गरेको यूएईमाथि पहिलो इनिङ्समा नेपाल हाबी छ ।

 

प्रकाशित : 1 May, 2023

प्रतिक्रिया दिनुहोस्