‘किसीका भाइ किसीकी जान’ले कमायो १०० करोड

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १८, सलमान खान स्टारर ‘किसीका भाइ किसीकी जान’ले भारतको घरेलु बक्स अफिसमा १०० करोड भारुको कमाइ गरेको छ ।

बलिउड सञ्चारमाध्यमका अनुसार आइतबार ४.५० करोड कमाउँदै फिल्मले १०० करोडको आँकडा पार गरेको हो ।

सन्तोषजनक पहिलो सप्ताहन्त ओपनिङ गरेको फिल्मको अकुपेन्सीमा सोमबारदेखि गिरावट आएको थियो ।

यद्यपि, सप्ताहन्तले निर्माताको अनुहारमा केही खुसी ल्यायो । सोमबार महाराष्ट्रमा सार्वजनिक बिदा घोषणा भएकाले पनि फिल्मका लागि कमाइमा वृद्धि हुने अनुमान गरिएको छ ।

प्रकाशित : 1 May, 2023

प्रतिक्रिया दिनुहोस्