केपी ओली प्रचण्ड माधव नेपाल एमाले


युएईमाथि जित निकाल्न नेपालले पायो ११८ रनको सामान्य लक्ष

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १९, एसीसी प्रिमियर कप अन्तर्गत नेपालले जितका लागि ११८ रनको सामान्य लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई ३३.१ ओभरमै ११७ रनमा अलआउट भएको हो ।

युएईलाई सस्तैमा समेट्न ललित राजवंशीले कसिलो बलिङ गरे । उनले जम्मा १४ रन दिएर ४ विकेट लिए । यस्तै करन केसी र सन्दीप लामिछानेले समान २-२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १-१ विकेट लिए । अब केही समयपछि नेपालले ब्याटिङ गर्नेछ ।

सोमबार बाँकी रहेको खेल ‘रिजर्भ डे’ मंगलबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू भएको थियो। त्रिवि मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २७. ३ ओभरमा ९ विकेट गुमाउँदै १६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो। यूएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा छ।

प्रकाशित : 2 May, 2023

प्रतिक्रिया दिनुहोस्