पूर्व गृहमन्त्री बादलका सल्लाहकार पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १९, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई सुनाकोठी, ललितपुरबाट पक्राउ गरिएको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतका अनुसार उनीसँग सोधपुछ सुरु भएको छ ।

प्रकाशित : 2 May, 2023

प्रतिक्रिया दिनुहोस्