कतार र मलेसियाबाटै नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिन थाले

काठमाडौँ । बैशाख १९, अब नेपालमा आएर पुनः श्रम स्वीकृति गरी रहनु नपर्ने भएको छ । कतार र मलेसियाबाटै नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिन सुरु गरेको जनाएको छ ।
नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिन कतार र मलेसियामा काम गरिरहेका नेपाली श्रमिकलाइ नेपाली दूतावासले पुनः श्रम स्वीकृति सेवा प्रदान गर्न थालेका छन् ।
कतारमा रहेको नेपाली दूतावासले यही वैशाख १२ गतेदेखि पुनः श्रम स्वीकृति सेवा सुरु गरेको हो भने मलेसियामा रहेको नेपाली दूतावासले १५ गतेदेखि पुनः श्रम स्वीकृति प्रदान गर्न थालेको हो । दूतावासहरूले पनि श्रम स्वीकृति सेवा अनलाइनबाटै दिने छन् ।
हुन त पछिल्लो समय सबै खाले श्रम स्वीकृति अनलाइनबाटै लिन सकिन्छ । अनलाइनबाटै सबै प्रक्रिया हुने भए पनि श्रम स्वीकृति प्रदान गर्ने निकायमा भने दूतावास छान्न सकिन्छ । दूतावासबाट श्रम स्वीकृति लिनका लागि आवेदन दिन सबैभन्दा पहिला वैदेशिक रोजगार विभागकै वेबसाइटबाट दिन पर्छ ।
अनलाइनबाट आवेदन दिनका लागि ाभष्mक।मयाभ।नयख।लउ मा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र लेखिएको ठाउँमा क्लिक गर्न पर्छ । त्यसपछि लगअनमा क्लिक गर्नुपर्छ ।