चीनद्धारा बेरोजगार युवालाई गाउँ पठाउने नीति तर्जुमा

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १९, बेरोजगार बढेपछि चीनको ग्वाङ्झाओ प्रान्तले युवालाई गाउँ पठाउने नीति तर्जुमा गरेको जनाएको छ ।

उत्पादन हबका रूपमा चिनिने ग्वाङ्झाओ प्रान्तले ३ लाख बेरोजगार युवालाई जागिरका लागि ग्रामिण इलाकामा पठाउन लागेको जनाएको हो ।

ग्रामीण इलाकाको अर्थतन्त्र चलायमान बनाउने राष्ट्रपति सी जिनफिङको नीति अनुरूप त्यस प्रान्तले युवाहरूलाई ग्रामिण इलाका पठाउने निर्णय गरेको सीएनएनले जनाएको छ ।

चिनियाँ नेता माओत्सेतुङ्ले पनि शहरका लाखौं युवालाई ग्रामिण इलाकामा पठाएका थिए । ग्वाङ्झाओ प्रान्तमा १६ देखि २४ वर्ष उमेर समूहका जनसंख्यामा बेरोजगार दर १९ दशमलव ६ प्रतिशत पुगेको छ ।

यस तथ्यांक अनुसार करिब १ करोड १० लाख युवा बेरोजगार छन् । बेरोजगार युवाहरूको संख्या अझै बढेर १ करोड ६० लाख पुग्ने अनुमान छ ।

चीनको कडा कोभिड नीतिका ८० प्रतिशत रोजगारी धानेको निजी क्षेत्र तहसनहस भएको थियो । चीनका युवाहरू दशकयताकै शिक्षित युवामा गनिन्छन् ।

अर्थतन्त्रको गति धीमा हुँदा शिक्षित युवाहरूलाई समेत रोजगारीका लागि अप्ठेरो परेको छ । शिक्षित युवाहरूलाई समेत रोजगारी सुनिश्चित नहुँदा युवा पुस्ताहरू उच्च शिक्षामा आकर्षित हुन छोडेका छन् ।

– सीएनएनबाट

प्रकाशित : 2 May, 2023

प्रतिक्रिया दिनुहोस्