केपी ओली प्रचण्ड माधव नेपाल एमाले


च्याम्पियन बन्दै नेपालले एसिया कपमा स्थान बनायो

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १९, एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले एसिया कपमा स्थान बनाएपछि टीयू मैदानमा हजारौं दर्शकले विजय उत्सव मनाएका छन् ।

सोमबार वर्षाका कारण दुई पटक खेल रोकिएको थियो । सोही खेल आज बिहानदेखि सुरु भएर फाइनल खेलमा नेपालले विजय हासील गरेपछि टीयू मैदानमा उल्लास छाएको छ ।

यूएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा तीन विकेट गुमाएर भेटाएको हो । मौसम खराब भए पनि दुई दिन टीयू मैदान खचाखच भरिएको थियो ।

 

 

 

प्रकाशित : 2 May, 2023

प्रतिक्रिया दिनुहोस्