राष्ट्रपति पौडेलद्धारा भारतमा उपचार गर्दा लागेको खर्च आफैं ब्यहोर्ने

काठमाडौँ । बैशाख १९, राष्ट्रपति रामचन्द्र पौडेलद्धारा भारतमा आफ्नो उपचार गर्दा लागेको खर्च आफैं ब्यहोर्न जनाएका छन् ।
राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले मंगलबार दिउँसो वक्तव्य निकालेर राष्ट्रपतिले उपचार खर्च आफैं ब्यहोर्न चाहेको जानकारी दिएका हुन्। गत वैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारतको राजधानी नयाँदिल्ली लगिएको थियो।
अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० मा उनको उपचार गरिएको थियो। उपचारपछि राष्ट्रपति पौडेल वैशाख १७ गते स्वदेश फर्किएका छन्।