प्रचण्डद्धारा प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने घोषणा

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १९, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्धारा प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने घोषण गरेको जनाएको छ ।

सरकार बजेट निर्माणमा रहेको उल्लेख गर्दै उनले विगतका कतिपय कार्यक्रम बदल्ने बताएका हुन् ।

चितवनमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भनेका छन्, ‘पहिलाका कतिपय कार्यक्रम छन् ती असफल भएका छन् । प्रधानमन्त्री रोजगार आदि इत्यादी जे छन् । ती कार्यक्रमले नतिजा राम्रो दिएन ।’

अनुदानका कार्यक्रमहरुमा समेत फेबदल गर्ने तयारीमा रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । ‘जसरी अनुदान वितरण गर्ने तरिका अपनाइयो ।

वास्तविक किसान जल्ले काम गर्छ उनीहरुकहाँ त्यो अनुदान पुगेको छैन् । बिचौलियाले नै त्यो अनुदानबाट फाइदा उठाएको भन्ने ब्यापक रुपले आयो । त्यसकारण त्यस्ता कार्यक्रम म बदल्दैछु,’ प्रचण्डले भने ।

आगामी आर्थिक वर्षको बजेट युवाहरुलाई फोकस गरेर आउने पनि उनले बताए । ‘अहिलेको बजेटको फोकस युवाहरुलाई सम्बोधन गरेर रोजगार सिर्जना गर्नेमा नै हुन्छ । कृषिमा नै हुन्छ । उद्योगहरुमा पनि कृषिमा आधारित कृषिमै जोड हुन्छ,’ उनले भने ।

 

 

प्रकाशित : 2 May, 2023

प्रतिक्रिया दिनुहोस्