डेढ वर्षसम्म यहि सरकार रहे मुलुक टाट पल्टिने ओलीको दाबी

काठमाडौँ । बैशाख १९, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डेढ वर्षसम्म यो सरकार कायमै रहे मुलुक टाट पल्टिने दाबी गरेका छन् ।
मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो लागेको र यसलाई रोक्न नसके डेढ वर्षमा मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको बताए ।
उद्योगहरु प्राय बन्द रहेको र निर्माण व्यवसाय ध्वस्त भएको भन्दै ओलीले सत्तारुढ गठबन्धनलाई मुलुकको चिन्ता नभएको आरोप लगाए ।
मुलुकमा पैसा नभएकै कारण औपचारिक माध्यमबाट आयात कम भइरहेको भन्दै उनले अनौपचारिक माध्यमबाट सामान आयात हुँदा भन्सार राजस्व कम उठेको बताए ।