दार्चुलाको बोलिनमा हिमपहिरो गयो

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १९, दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिनमा हिमपहिरो गएको जानकारी प्राप्त भएको छ ।

मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण प्रभावित भएको आशंका गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएपी शैलेन्द्र थापाले जानकारी दिए ।

हिम पहिरो गएको क्षेत्रमा सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टोली जाँदै गरेको उनले बताए । बोलिनमा यार्सागुम्बा टिप्न गएका ८/९ जना त्रिपाल टाँगेर बसेका थिए ।

 

 

 

प्रकाशित : 2 May, 2023

प्रतिक्रिया दिनुहोस्