पार्टी विवाद चर्किरहेका बेला कांग्रेस नेता कोइराला सिंगापुरमा

सहयात्रा टिभी

काठमाडौं । बैशाख २०, नेपाली कांग्रेसका नेता शेखर कोइराला सिंगापुर पुगेका छन् । सरकार र पार्टीको भागबन्डाका विषयमा नेपाली कांग्रेसभित्र विवाद चर्किरहेका बेला नेता कोइराला सिंगापुर पुगेका हुन् । उनी आखाको उपचारका लागि भनेर सिंगापुर पुगेका स्रोतले जनाएको छ ।

यद्यपि कोइरालाको भेटघाट आदीबारे केही खुलाइएको छैन। हिजो साँझ सिंगापुर प्रस्थान गरेका कोइराला ४ दिन सिंगापुरमा रहने बताइएको छ ।

नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागिताको विषयलाई लिएर पार्टी सभापति शेरबहादुर देउवा र इत्तर समुहका नेता शेखर कोइरालाबीच विवाद मिल्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। सभापति देउवाले कुनै सल्लाहबेगर मन्त्रीहरूको नामावली टुंग्याएपछि इतर समुह असन्तुष्ट बनेको हो ।

प्रकाशित : 3 May, 2023

प्रतिक्रिया दिनुहोस्