लगातार पाँचौ कारोबार दिन पनि घट्यो नेप्से
सहयात्रा टिभी
काठमाडौं । बैशाख २०, मुलुक आर्थिक मन्दीको परीणाम स्वरुप सेयर बजारमा पनि त्यसको असर देखिएको छ ।
बजार परिसूचक नेप्से लगातार पाँचौ कारोबार दिन पनि घट्दा कारोबार रकम पनि घट्दै गएको छ । गत मंगलबार बढेर बन्द भएको नेप्से बुधबारपछि लगातार पाँचौ कारोबार दिन पनि घटेको हो ।
साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से ९.१८ अंकले गिरावट हुँदा १८५७.२३ विन्दुमा बन्द भएको छ ।
यस्तै आर्थिक मन्दीको प्रभाव बढ्दै जाँदा कारोबार रकम पनि ६२ करोडमा सीमित भएको छैन । १८ हजार ८७६ वटा कारोबारमा २१ लाख ५५ हजार ५८६ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा ६२ करोड २ लाख ६६ हजारको कारोबार भएको छ । मंगलबार ६९ करोडको कारोबार भएको थियो ।