गण्डकीका मुख्यमन्त्री पाण्डेलाई संसदबाट विश्वासको मत प्राप्त

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २१, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई संसदबाट विश्वासको मत प्राप्त भएको छ ।

 

गत १४ गते नियुक्त भएर १५ गते शपथ लिएका पाण्डेले मागेको विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ । राप्रपा तटस्थ बसेको छ ।

उनलाई आफ्नै दल कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङसहित ३५ सदस्यले विश्वासको मत दिएका थिए ।

नेकपा एमालेका २२ सांसले विपक्षमा मत हालेका छन् । राप्रपाका २ सांसद भने तटस्थ बसेको छ ।

 

प्रकाशित : 4 May, 2023

प्रतिक्रिया दिनुहोस्