महानगर प्रहरीहरु कार्यालयमै तास खेल्दै

काठमाडौँ । बैशाख २१, काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरु कार्यालयमै तास खेल्दै गरेको पाइएको छ ।
टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा नगर प्रहरीको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएको छ । नगर प्रहरी बलको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएपछि यस्तो तथ्य बाहिरिएको हो ।
कार्यालय समयमा तास खेल्नेमा नगर प्रहरी निरीक्षक नीरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानियाँ छन् ।
बानियाँ भने कम्पनी करार मार्फत नगर प्रहरीमा आएका हुन् । तास खेलिरहेको उनीहरुको तस्वीर बुधबार दिउँसोको भएको महानगरपालिका स्रोतले जनाएको छ ।
कार्यालयमा तास खेल्ने नगर प्रहरीलाई छानबिनको प्रक्रियामा ल्याइएको महानगरपालिका स्रोतले जनाएको छ ।