खाद्य चक्रलाई सहज बनाउन विज्ञहरुद्धारा सरकारलाई सुझाव

काठमाडौँ । बैशाख २२, यो वर्ष खाद्य चक्रलाई सहज बनाउन विज्ञहरुद्धारा सरकारलाई सुझाव दिदै खाद्यान्न सङ्कट हुन सक्ने चेतावनी दिएका छन् ।
हिजो जल तथा मौसम विज्ञान विभागले आउँदो मनसुन सिजनको अवस्थाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा विज्ञहरुले खाद्य चक्रलाई सहज बनाउन सरकारलाई सचेत गराएका हुन् ।
उनीहरुले हिउँदमा पनि आवश्यक वर्षा नभएको र आउँदो मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्ने सुझाव दिएका छन्।
उनीहरुले नेपालमा यस वर्षको वर्षायाममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न हुने बताएका छन् ।
विज्ञहरुले गएको वर्षको हिउँदमा पनि आवश्यक भन्दा कम वर्षा भएको र वर्षायाममा पनि सुक्खा खडेरी पर्ने हुँदा भोकमरी, कृषि उत्पादनमा कमी लगायत अन्य समस्याहरु सिर्जना हुनसक्ने भन्दै पूर्वतयारीका साथ रहनुपर्नेमा जोड दिएका हुन् ।