महोत्तरीका लेखापाल प्रहरी नायव निरीक्षक विनोद विष्टलाई पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २२, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल प्रहरी नायव निरीक्षक विनोद विष्टलाई पक्राउ परेको जनाएको छ ।

उनलाई काठमाडौंको नयाँ बानेश्वरस्थित एक रेष्टुरेन्टबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारको टोलीले उनको साथबाट ५० हजार नगद र डेढलाख रुपैयाँको चेक वरामद गरेको छ ।

भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरेको भन्दै सेवाग्राहीसँग घुस लिन उनी महोत्तरीबाट काठमाडौं आएका अख्तियार श्रोतले जनाएको छ ।

 

 

प्रकाशित : 5 May, 2023

प्रतिक्रिया दिनुहोस्