गाँजासहित दुई युवक पक्राउ

सहयात्रा टिभी

सिराहा । बैशाख २३, सिराहाको गोलबजारबाट करिब १४ केजी लागु औषध गाँजा सहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोलबजार नगरपालिका ४ शिवमन्दिर नजिकबाट १३ केजी ८ सय ४० ग्राम गाँजा सहित गोलबजार नपा १ मुक्सारका २६ वर्षीय महेन्द्र साह र वार्ड नम्बर २ का ३६ वर्षीय श्याम कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा गोलबजार नपा ४ शिवचौक नजिक पार्किङ गरिराखेको प्र.२–०१–००२ ह. ०२९८ नम्बरको अटोमा लुकाइछिपाई राखेको ५ किलो ८ सय ४० चालीस ग्राम गाँजासहित महेन्द्र साह र प्र. २–०१–००१ ह. १०५६ नम्बरको अटोमा लुकाइछिपाई राखेको ८ किलो गाँजासहित वाडा नक्वर २ का श्याम कुमार साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रकाशित : 6 May, 2023

प्रतिक्रिया दिनुहोस्