नेप्सेमा १.०२ प्रतिशतको गिरावट

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २४, सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशत भन्दा माथिको गिरावट भएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से १९.१२ अंक (१.०२ प्रतिशत) ले गिरावट हुँदा १८५०.६१ अंकमा बन्द भएको छ । आर्थिक मन्दीको कारण निजी क्षेत्रमा निराशा बढ्दै जाँदा सेयर लगानीकर्ताको मनोबल पनि खस्किंदै गएको छ ।

आइतबार नेप्सेमा सबै उपसूचका गिरावट भएका छन् । नेप्सेमा गिरावट हुँदै जाँदा सेयर लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । आर्थिक गतिविधिमा मन्दी आउँदा त्यसको प्रभाव सेयर लगानीकर्तामा पनि परेको हो । जसले गर्दा कारोबार रकम संकुचित भएर आइतबार ६० करोडमा सीमित भएको छ ।

 

प्रकाशित : 7 May, 2023

प्रतिक्रिया दिनुहोस्