संसदमै अर्धनग्न बने सांसद अमरेशकुमार सिंह

सहयात्रा टिभी

काठमाडौं । बैशाख २५, स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए । सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् । संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका छन् ।

प्रकाशित : 8 May, 2023

प्रतिक्रिया दिनुहोस्