अर्थमन्त्री महतको अनुपस्थितका कारण संसद बैठक स्थगित

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २५, प्रतिनिधिसभामा आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको छ ।

तर, छलफलका क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत अनुपस्थितका कारण प्रश्न उठेपछि प्रतिनिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

प्रावधिक कारणले अर्थमन्त्री उपस्थित हुन नसकेको भन्दै सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरिदिएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्त, सूर्य थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सुमना श्रेष्ठले प्रि बजेट छलफलमा अर्थमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने प्रश्न उठाएका हुन् ।

तर, राष्ट्रिय सभाको बैठकमा पनि प्रि बजेट छलफल चलिरहेको र उक्त बैठकमा अर्थमन्त्री सहभागी रहेको भन्दै सभामुखले सांसदहरुलाई सम्झाएका थिए । सांसदहरुले अर्थमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने अडान लिएपछि प्रतिनिधिसभाको बैठक नै १५ मिनेका लागि स्थगित गरिएको हो ।

 

 

प्रकाशित : 8 May, 2023

प्रतिक्रिया दिनुहोस्