ढाकाकुमारमाथि कारबाही नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २५, सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको जानकारी प्राप्त भएको छ ।

सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठमाथि रास्वपाले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यो मुद्दामा सर्वोच्चले अन्तरिम आदेशका लागि श्रेष्ठ र रास्वपा दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

 

 

 

प्रकाशित : 8 May, 2023

प्रतिक्रिया दिनुहोस्