ढाकाकुमारको सांसद पदमा विन्दाबासिनी कंसाकार नियुक्त

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २५, निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की विन्दाबासिनी कंसाकारलाई सांसद पदमा नियुक्त गरेको जनाएको छ ।

सांसद रहेका ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेर उनको ठाउँमा कंसाकारलाई सांसद बनाउन निर्वाचन आयोगमा पत्र दिएको थियो ।

आयोगको राजनीतिक दल व्यवस्थापन शाखा प्रमुख गुरुप्रसाद वाग्लेले श्रेष्ठ निलम्बित भएपछि उनको ठाउँमा रास्वपाले कंसाकारलाई सांसद बनाउन पत्राचार गरेको र सो पत्र अनुसार निर्णय भएको जानकारी दिए । विन्दाबासिनी कंसाकार सांसद हुने निर्णय आयोगले अघिल्लो साता नै गरेको हो ।

निर्वाचन आयोगबाट कंसाकारले सांसद भएको प्रमाणपत्र समेत लिइसकेकी छन् । आइतबार उनले सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र बुझेको आयोगले जनाएको छ । साथसाथै, आयोगले कंसाकार सांसद निर्वाचित भएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयलाई पठाइसकेको छ ।

प्रकाशित : 8 May, 2023

प्रतिक्रिया दिनुहोस्