संसदमा आज पनि प्रि-बजेटबारे छलफल

काठमाडौं । बैशाख २६, संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । आज राष्ट्रिय सभाको बैठक बिहान १० : ३० बजेदेखि सुरु हुनेछ भने प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ ।
आज पनि बैठकमा आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ । सोमबारदेखि सुरु भएको बजेटका सिद्धान्त र प्राथमिकतामा सांसदहरुले बोल्ने क्रम नसकिएकाले आज पनि सोही विषयमा छलफल हुनेछ ।
वैशाख २७ गते (भोलि) सरकारको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसदहरुले संसदमा उठाएका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा जवाफ दिने कार्यक्रम छ ।