केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्से आज १० दशमलव ६६ अङ्कले बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २६, घटेर राताम्मे भएको शेयर बजार आज (मङ्गलवार) बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ विन्दुमा पुगेको छ ।

 

आज सबै समूहको शेयर बढेकोमा उत्पादन र होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज दुई सय ६९ वटा कम्पनीको २८ लाख ३६ हजार कित्ता शेयर ७७ करोड ४७ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको छ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको शेयर साढे छ प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढे पनि युनिक नेपाल लघुवित्तको शेयर साढे आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

प्रकाशित : 9 May, 2023

प्रतिक्रिया दिनुहोस्