भोजपुर उडेको नेपाल एयरलाइन्सको विमान काठमाडौं नै फर्काइयो

सहयात्रा टिभी

काठमाडौं । बैशाख २८, काठमाडौंबाट भोजपुर उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर विमान प्राविधिक समस्या आएपछि काठमाडौं नै फर्केको छ ।

बिहान ६ बजेर ३३ मिनेटमा उडेको विमानमा प्राविधिक समस्या देखिएको भनेर विमानलाई काठमाडौं फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

प्रकाशित : 11 May, 2023

प्रतिक्रिया दिनुहोस्