भ्रष्टाचारविरुद्ध राप्रपाको अभियान : ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै

सहयात्रा टिभी

काठमाडौं । वैशाख २९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध आज देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अहिले दिउँसो १ बजे पार्टीका तर्फबाट देशभरकै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिएका छन्।

‘संगठित भ्रष्टाचारविरुद्ध राप्रपाको आवाज’ अभियानअन्तर्गत राप्रपाले ज्ञापनपत्र सरकारसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम गर्न लागेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा धमाधम दलका ठूला नेताहरू तानिइरहेका बेला राप्रपाले भ्रष्टाचारविरुद्ध आवाज उठाउन लागेको जनाएको छ ।

प्रकाशित : 12 May, 2023

प्रतिक्रिया दिनुहोस्