बिनु यादवले न्याय माग्दै फेरि सडकमा अनशन

काठमाडौं । वैशाख २९, आफ्नै प्रेमी (प्रदीप कठायत) र काका ससुरा पवन कठायतबाट बलात्कृत भएको भन्दै आन्दोलित भएकी बिनु यादवले आमरण अनशन सुरु गरेकी छिन् ।
उनी तीन दिन देखि बसन्तपुर दरबार परिसरमा अनशन बसेकीछिन् । प्रेमीको दबावमा गर्भपतन गराएर २० चैत २०७५ मा शल्यक्रिया गराएकी यादव २४ चैतमा प्रेमीबाटै बलात्कृत भइन् ।
अप्रेसन गरेर बेड रेष्टमा रहेको अवस्थामा प्रेमि प्रदिप कठायतबाट बलात्कृत भएको भन्दै पहिलोपकट उनी २९ वैशाख २०७६ मा प्रहरी वृत्त कालीमाटीको महिला सेल पुगेकी थिइन् । तर, प्रहरीले १९ जेठमा बलात्कारको उजुरी लिएर आएकी पीडित र पीडकबीच मिलापत्र गराएर पठायो ।
गर्भपतन र अप्रेशनको दोहोरो पीडाले रन्थनिएकी यादवलाई प्रहरीले मिलापत्रको कागज पढ्न समेत नदिइ हस्ताक्षर गरायो ।आफूले न्याय नपाएको बताउँदै अनशन बसेकी उनले ५ बुँदे माग राखेकीछिन् ।
उनले बलात्कारको उजुरी फिर्ता लिन लगाउने प्रहरीलाइ कारबाही हुनुपर्ने । बलात्कारको हदम्याद गुजार्न बिवाह गर्ने प्रदिप कठायत र आफ्नो मञ्जुरीबिना सम्बन्ध विच्छेद गराउने रामेछाप जिल्ला अदालतका तत्कालिन न्यायाधीश बद्रिप्रसाद ओलीलाई कारबाही हुनुपर्ने ।
आफूमाथि बारम्बार बलात्कारको प्रयास गर्ने पवन कठायतलाई सजाय हुनुपर्ने । यसका साथै उनले आफ्नो मुद्धामा कमजोर अनुसन्धान गरिएकाले सुरुदेखि अनुसन्धान हुनुपर्ने माग पनि राखेकीछिन् ।