पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलाई धरौटीमा २ हप्ताका लागि रिहा

सहयात्रा टिभी

काठमाडौं । वैशाख २९, पाकिस्तानको इस्लामावाद उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई दुई हप्ताका लागि धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अलकादिर ट्रष्ट मामिलामा उनलाई नेशनल एकाउन्टिबिलिटी ब्युरो एनएबीले इस्लामावाद उच्च अदालतपरिसरबाट तीन दिनअघि पक्राउ गरेको थियो ।

तर पाकिस्तानको सर्वोच्च अदालतले उनलाई इस्लामावाद उच्च अदालतमा जान र अदालतको फैसला स्वीकार्न भनेको छ ।

जस अनुसार इस्लामावाद उच्च अदालतमा पुगेका उनलाई अन्तरिम जमानत मिलेको हो । अदालतले मे १७ तारिखसम्म कुनै पनि मुद्दामा इमरानलाई नपक्रन पनि आदेश दिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तान तहरिक ए इन्साफका अध्यक्षसमेत रहेका खानलाई पक्रेको विरोधमा उनका समर्थकले देशभर प्रदर्शन गरेका थिए ।

प्रकाशित : 12 May, 2023

प्रतिक्रिया दिनुहोस्